दाङमा स्थानीय तहमा ७१ करोड ७६ लाख बेरुजु

दाङ । दाङमा स्थानीय तहमा बेरुजु रकमको दर बढेको छ । अघिल्लो वर्षको तुलनामा सात करोड ५४ लाख ४२ हजार रुपैयाँ बेरुजु बढेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औं प्रतिवेदनमा जिल्लाका दश स्थानीय तहको बेरुजु रकम समेत खुलाइएको छ ।

महालेखाले जिल्लामा ७१ करोड ७६ लाख ५७ हजार रुपैयाँ बेरुजु देखाएको हो । सबैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिकामा र सबैभन्दा थोरै दंगीशरणमा गाउँपालिकामा बेरुजु देखिएको छ । तुलसीपुरमा १७ करोड ३६ लाख ५८ हजार रुपैयाँ यस वर्ष बेरुजु आएको छ ।

यस्तै दंगीशरणमा २ करोड २ लाख १५ हजार, बंगलाचुलीमा ३ करोड ९१ लाख ६३ हजार, लमहीमा ७ करोड ५० लाख ७६ हजार, घोराहीमा १३ करोड ७४ लाख ३८ हजार बेरुजु आएको छ ।

यस्तै शान्तिनगरमा ३ करोड ४१ लाख ४२ हजार, गढवामा ८ करोड २३ लाख ८६ हजार, बबईमा ४ करोड १७ लाख ७५ हजार, राजपुरमा ५ करोड ९८ लाख तीन हजार, र राप्तीमा ५ करोड ३७ लाख ७१ हजार रुपैयाँ बेरुजु आएको छ ।

प्रकाशित मिति : २०७९ असार ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस