रास्वपा तुलसीपुरद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तुलसीपुर उपमहानगरपालिका समितिले बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।

 भदौ १० गते गएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्र तथा पीडित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको रास्वपा तुलसीपुर उपमहानगरपालिका समितिले जनाएको छ।

विपद्को यस घडीमा बाढीबाट प्रभावित नागरिकलाई राहत पुगोस् तथा बाढीबाट भएको क्षति न्यूनीकरण र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले नगर समितिको तर्फबाट रकम हस्तान्तरण गरिएको समितिका सभापति जीवन भण्डारीले जानकारी दिए ।

समितिले विपद्का कारण प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि सबै पक्षबाट आवश्यक सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिएको छ।

प्रकाशित मिति : २०८३ भाद्र २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस