मोटरसाईकल अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु

दाङ । दाङको तुलसीपुरमा दुर्घटनामा हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

बुधबार अपराह्न ४ बजेतिर तुलसीपुर १५ को कोठरीबाट ड्वापुरतर्फ जाँदै गरेको रा ६ प ९०४२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक तुलसीपुर उपमहानगरपालिका–१५ कोठरी निवासी ३२ वर्षीय रामकुमार चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले बताए ।

तुलसीपुर उपमहानगरपालिका–१४ स्थित लुहाडबरामा अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी मोटरसाइकल चालक चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

प्रकाशित मिति : २०८३ मङ्सिर १० गते बुधवार
प्रतिक्रिया दिनुहोस