बाढीपीडितका लागि समावेशी क्रसर उद्योगद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

दाङ । समावेशी क्रसर उद्योग प्रालीका संस्थापक अध्यक्ष स्वर्गीय कलाधर आचार्यको सम्झनामा यहि भदौ १० गते आएको बाढीपीडितहरूको सहयोगार्थका नगद रकम सहयोग गरिएको छ ।

बाढी पिडित सहयोगका लागस संस्थापक अध्यक्ष आचार्यको एकलाख, एघार हजार एकसय ११ रूपैयाँ उद्योगले सहयोग रकम प्रधानमन्त्री दैविक प्रकोष राहात उद्धार राहात कोषमा रकम दाखिला गरिएको समावेशी क्रसर उद्योग प्रालीका अध्यक्ष यज्ञ बहादुर केसीले जानकारी दिए ।

मुलुकको विपद्को घडीमा बाढीपीडित नागरिकलाई सहयोग र संस्थापक अध्यक्ष स्व. आचार्यले सामाजिक सेवा र सहयोगमा पुर्‍याउनु भएको योगदानको उच्च कदर संस्थाको तर्फवाट सामाजिक सेवा र उद्धारका लागि सहयोग रकम दैविक प्रकोप उद्धार कोषमा प्रदान गरिएको प्रालीका अध्यक्ष केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ भाद्र २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस