खोलामा डुबेर बालकसहित २ जनाको मृत्यु

दाङ । दाङमा छुट्टाछुट्टै खोलामा डुबेर एक वृद्ध र एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१६ स्यारखोलाका ६५ वर्षीय बाउरे चौधरीको घर नजिकै रहेको खोलामा डुबेर मंगलबार दिउँसो मृत्यु भएको हो । खोलामा डुबेर अशक्त भएका चौधरीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, राजपुर गाउँपालिका–४ रोइनियाका शेरबहादुर चौधरीका १२ वर्षीय छोरा आयुश चौधरीको पनि खोलामा डुबेर मृत्यु भएको छ । मंगलबार दिउँसो राजपुर गाउँपालिका–५ सिमल खुट्टीस्थित मतेनी खोलामा डुबेर उनको मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस