नेपाल चिकित्सक संघ दाङ शाखाको अध्यक्षमा डा. विष्णुप्रसाद भुषाल निर्वाचित

घोराही। नेपाल चिकित्सक संघ दाङ शाखाको साधारणसभा तथा छैटौँ अधिवेशनले डा. विष्णुप्रसाद भुषालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा डा. रमेश बस्नेत, उपाध्यक्षमा डा। बोम डिसी, सचिवमा डा। हेमराज शर्मा, सहसचिवमा डा। निरोज खनाल र कोषाध्यक्षमा रोशन गुप्ता चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा डा. हिमांशु शाह, डा. सविता विश्वकर्मा, डा। सुवास लामिछाने, डा। अच्युत शर्मा न्यौपाने र डा. दुर्गा बेल्वासे चयन भएका हुन् ।

अधिवेशनमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा।डा। अजयकुमार मिश्र प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । विशिष्ट अतिथिका रूपमा प्रा।डा। जनार्दन पन्थी सहभागी हुनुभएको थियो भने अतिथिहरूमा डा. हिमकर ज्ञवाली, डा. कुबेरकुमार रेग्मी, डा। किशोर खत्री र डा। चेतनारायण पाण्डेलगायत रहेका छन् । कार्यक्रममा प्रमुख अतिथि प्रा।डा। मिश्रले चिकित्सकहरू स्वास्थ्य सेवाका महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहमा चिकित्सकहरूको भूमिका महत्वपूर्ण रहने बताए । उनले स्वास्थ्य क्षेत्रका चुनौती समाधान गर्न चिकित्सक, स्वास्थ्य संस्था र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। चिकित्सकहरूले आफ्नो व्यावसायिक दक्षता र सेवाभावलाई प्राथमिकतामा राख्दै बिरामीको उपचार तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा निरन्तर ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।

त्यस्तै, विशिष्ट अतिथि प्रा।डा। जनार्दन पन्थीले चिकित्सकहरूको पेशागत हकहित संरक्षण, व्यावसायिक मर्यादा कायम राख्ने र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने कार्यमा नेपाल चिकित्सक संघको भूमिका महत्वपूर्ण हुने बताए । उनले चिकित्सकहरूबीच आपसी एकता, सहकार्य र अनुभव आदानप्रदानलाई बलियो बनाउँदै स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि सामूहिक पहल गर्नुपर्नेमा जोड दिए । साधारणसभा तथा अधिवेशनले संघको आगामी कार्यदिशा तय गर्न र चिकित्सकहरूको पेशागत एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। नवनिर्वाचित कार्यसमितिले चिकित्सकहरूको हकहित संरक्षण, पेशागत क्षमता विकास तथा जिल्लाको स्वास्थ्य सेवा सुधारका क्षेत्रमा काम गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ असोज २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस