नेकपा एमालेको निर्वाचन तालिका सार्वजनिक, मतदान पुस १ गते
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी छ ।
यसैबिच नयाँ नेतृत्व चयनका लागि आइतबार निर्वाचन तालिका प्रकाशन गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आज बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको हो ।
अध्यक्षमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरले भिड्ने भएका छन् ।
प्रकाशित मिति : २०८२ मङ्सिर २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

