ज्ञान ज्योति अन्तर कलेज भलिबलको फाइनलमा
दाङ । ज्ञान ज्योति दाङको तुलसीपुरमा जारी अन्तर कलेज भलिबल प्रतियोगिता २०७९ को फाइनलमा प्रवेश गरेको छ । राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङको आयोजना संचालित प्रतियोगिताको आज शुक्रबार बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा अरनिको माबी नुवागाउँ रोल्पा लाई २५–१८, २५–११ र २९–२७ को सोझो सेटमा पराजित गर्दै ज्ञान ज्योति कलेज तुलसीपुरले फाइनल यात्रा तय गरेको हो ।
यसैबिच प्रतियोगिता अन्तरगतको दोस्रो सेमिफाइनलमा मुसीकोट बहुमुखी क्याम्पस रुकुम पश्चिम र न्यु होराइजन स्कुल बुटवल रूपन्देही भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ । यी दुईको खेलबाट विजेता टिमले शनिवार उपाधिका लागि हुने फाइनल खेलमा ज्ञान ज्योति कलेज तुलसीपुरसँग कडा प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ हजार ११ रुपैयाँ, कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार, १ सय ११ रुपैयाँ, मेडल तथा प्रमाणपत्र हात पार्नेछ भने प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विधा तर्फ सर्वोत्कृष्ट खेलाडी नगद ५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट सेटर,सर्बर, स्पाइकर र लिब्रोलाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता मूल आयोजक समितिका संयोजक तथा राप्ती किङ भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष कमल खत्रीले जानकारी दिए ।
