असईबाट सइमा बढुवा सिफारिस

दाङ । नेपाल प्रहरीका एकजना प्रहरी अधिकारी असई भएको ४ बर्ष नपुग्दै सइमा (सिंगल) बढुवा सिफारिस भएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दरबन्दी भई जिप्रका दाङमा कार्यरत असई युवराज गौतम आफुभन्दा सिनिअर असइलाई समेत पछाडि पार्दै सिंगल बढुवा सिफारिसमा परेका हुन् ।

नेपाल प्रहरीमा उत्कृष्ट कार्यक्षमता भएका कारण उनलाई सिंगल बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । उनलाई बुधबार देशभरीका असइ मध्यबाट प्रहरी प्रधान कार्यालयले सईकालागि सिंगल बढुवा सिफारिस गरेको हो ।

गौतम अपराध अनुसन्धान र नियन्त्रणमा नेपालमै उत्कृष्ट मानिन्छन् । उनले कस्तुरीको बिणा, अबैध हातहतियार र ठूलो मात्रामा ब्राउनसुगर बरामद गरेर आफूलाई अब्बल साबित गरेका छन् । नेपाल प्रहरीमा जवानबाट सेवा प्रवेश गरेका गौतम २०७५ मंसिर २ गते हवल्दारबाट असईमा बढुवा भएका थिए ।

प्रकाशित मिति : २०७९ असार ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस