दाङमा नेपाली कम्युनिस्ट पार्टीले तेक्यो उम्मेदवार

दाङ । नेपाली कम्युनिस्ट पार्टीबाट दाङका ३ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तोकेको छ । जस अनुसार निर्वाचन क्षेत्र नं. १ मा मेटमणि चौधरी, २ मा निर्मल आचार्य र ३ नम्बरमा धनबहादुर मास्कीलाई पार्टीले टिकट दिएको छ ।

युवा उम्मेदवारको रुपमा रहेका तीनै जना राजनीतिक अनुभव सहित कुशल संगठक र पार्टीमा महत्वपूर्ण जिम्मेवारी सम्माल्ने भएका नेताहरु हुन् । चौधरी यसअघि १ नं. निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद र शहरी विकास मन्त्री नै भइसकेको व्यक्तित्व हुन् भने आचार्य दाङ पार्टीे इन्चार्जको रुपमा लामो समयदेखि पार्टी,संगठन संन्चालन गरिरहेको व्यक्तित्व हुन ।

२०७० सालमा उनी संविधान सभा सदस्यको रुपमा दाङको साविक ३ नं. निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका थिए । त्यस्तै मास्की लुम्बिनी प्रदेशको बहालवाला सांसद पदबाट राजीनामा दिएर क्षेत्र नं. ३ बाट प्रतिनीधि सभाको लागि उम्मेदवार बने छन् ।

उन लुम्बिनी प्रदेशको अर्थमन्त्री समेत भइसकेका जनयुद्धकालमा राजेश नामले प्रसिद्ध जनमुक्ति सेना नेपाल कुशल कमाण्डरको भूमिका निर्वाह गरेर व्यतित्व हुन ।

प्रकाशित मिति : २०८२ माघ ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस