माओवादी केन्द्र दाङले समानुपातिक उम्मेदवारको नाम टुङ्ग्यायो

फाइल तस्बिर
फाइल तस्बिर

दाङ ।  तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र दाङले समानुपातिक  उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । केन्द्रले कम्युनिष्ट दलहरूको एकता पछि  जिल्लामा पार्टी एकता सहितको संरचनागत जिम्मेवारी सहितको पदाधिकारीको टुङ्गो नलागेको पार्टीको साविकको जिल्लागत संरचना सहितको साविकको माओवादी आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरूको नाम टुङ्गो लगाए पार्टी केन्द्रमा सिफारिस गरिएको तत्कालीन नेकपा माओवादी केन्द्रका सचिव विश्वराज आचार्यले  जानकारी दिए । 

सचिव आचार्यका अनुसार दाङबाट महिला मगर जनजाति तर्फमा भिमकुमारी बूढा मगर, थारू अपाङ्गतर्फ रामबहादुर दहित, खसआर्य तर्फ शेषुराम भण्डारी, थारू पुरुष तर्फ प्रकाश चौधरी, जनजाति पुरुष तर्फ उदय जीएम , दलित महिला तर्फ पुनम शेरपाईली , खसआर्य घाईते तर्फ ईश्वरी पाण्डे, मधेसी पुरुष तर्फ मिश्रीलाल गुप्ता, अल्पसङ्ख्यक लोपोन्मुख तर्फ लिला कुमाल, खसआर्य महिला तर्फ गङ्गा पाण्डे, मुस्लिम पुरुष तर्फ कुत्बुद्धिन फारुकी , दलित घाईते पुरुष तर्फ चुडामणि नेपाली , महिला शहीद परिवार तर्फ सुशीला चौधरी र नवयुवा शहीद परिवार तर्फ एमेशन चौधरी सहित १४ जनाको नाम समानुपातिक उम्मेदवारका लागि सिफारिस गरिएको छ ।

नेकपा माओवादी केन्द्र दाङले प्रत्यक्ष तर्फ  आइतबार उम्मेदवारको नाम टुङ्गो लगाउने तयारी गरिएको छ ।  सचिव आचार्यले पार्टी एकता पछि नेपाली कम्युनिष्ट पार्टीको जिल्लामा साङ्गठनिक संरचना पूर्ण नभए कार्य दल मार्फत पार्टीको आन्तरिक कामकाज गरिरहेकाले पार्टीको केन्द्रीय सुझाव अनुसार पार्टी एकतामा गाभिएका सबै कम्युनिष्ट घटकहरूले आ–आफ्नो तर्फबाट समानुपातिक उम्मेदवारको सिफारिस गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २०८२ पुष ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस