रास्वपा तुलसीपुरको जीवन भण्डारी

तुलसीपुर । राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुरको नगर सभापतिमा जीवन भण्डारीलाई चयन गरिएको छ । तुलसीपुरमा सम्पन्न रास्वपाको भेलाले भण्डारीको नेतृत्वमा १५ सदस्य पालिका तदर्थ समिति गठन गरेको हो ।

जसको उपसभापतिमा निर्मला वली केसी, सचिव कमल बस्नेत, सहसचिव टंक नेपाली, कोषाध्यक्ष राजन भण्डारी, सदस्यहरूमा शोभा सुवेदी, पार्वती आचार्य, पहलमान रावत, सुमन विश्वकर्मा, वसन्त खत्री, कमल बस्नेत, रामबहादुर डाँगी, अर्जुन लामिछाने, नारायण प्रसाद केसी र भेषराज आचार्य चयन भएका छन् ।

प्रकाशित मिति : २०८२ मङ्सिर २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस