कांग्रेसबाट दाङ क्षेत्र नम्बर २ र ३ बाट सिफारिस भएका यि हुन उम्मेदवार ?

दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि १० जनाको नाम सिफारिस गरेको छ। क्षेत्रीय सभापति भीमप्रकाश खड्काको अध्यक्षतामा बुधबार बसेको बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेहो को।

प्रतिनिधि सभा प्रत्यक्ष तर्फ बिमला योगी, किरणकिशोर घिमिरे, भोजराज पाण्डे, खगराज पाण्डे, बमबहादुर डिसी, अनिता देवकोटा, दुर्लभ केसी, विपुल पोख्रेल, विष्णु शर्मा, कुलराज खनालको नाम सिफारिस छ। समानुपातिक तर्फ गोमा रावत, सावित्रा राना, हरि सुवेदी, बाबुराम विश्वकर्मा, गणेशकुमार चौधरी, विपिन बुढाथोकीको नाम सिफारिस भएको छ।

राष्ट्रिय सभातर्फ विरकेशरी गौतम, घनश्याम रेग्मी, मोहनलाल वली, नदनकुमार शर्माको नाम सिफारिस भएको छ। दाङ क्षेत्र नम्बर ३ ले पनि उम्मेदवार सिफारिस गरेको छ। प्रत्यक्षतर्फ केन्द्रीय सदस्य दीपक गिरी, शंकरप्रशाद डाँगी, कीर्तिबहादुर खड्का, केशवराज आचार्य र राजेन्द्र धितालसहित पाँच जनाको नाम सिफारिस भएको हो।

समानुपातिक तर्फ बुद्धिराम भण्डारी, भरत केसी, महादेव शाह, कमानसिंह डाँगी, यमप्रसाद पाण्डे, मदन रसिक, देविका नेपाली, मिथिला शाह, चित्रा गिरी, केउलापति चौधरी, घनश्याम सुनार सेर्पाली, चेतबहादुर सेर्पाली, यादव चौधरीको नाम सिफारिस भएको छ। राष्ट्रिय सभातर्फ गेहेन्द्र गिरी, जगतबहादुर खड्का, शंकर गिरी, जोगेन्द विश्वकर्मा, देवा डाँगी, कृष्णकुमार गिरी, गणेशबहादुर खत्री, अर्जुन गिरीको नाम सिफारिस भएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस