दाङमा करदाताहरुले आय विवरण बुझाएनन्

दाङ । दाङमा करदाताहरुले आय विवरण नबुझाएको पाइएको छ । आन्तरिक राजस्व कार्यालय तुलसीपुरका अनुसार आयकरतर्फ ४२ हजार तीन सय दुई करदाता रहेकोमा २१ हजार तीन सय ३४ ननफाइलर अर्थात् आय विवरण नबुझाएका पाइएको हो । विवरण नबुझाउनेमा सबै भन्दा धेरै घोराही उपमहानगरपालिकाका सात हजार तीन सय ३५ रहेका छन् । तुलसीपुरका छ हजार चार सय ९२ ननफाइलर करदाता छन् ।

यस्तै लमही नगरपालिकामा दुई हजार नौ, गढवा गाउँपालिकामा एक हजार एक सय ३५, राप्ती गाउँपालिकामा एक हजार एक सय ३९, राजपुर गाउँपालिकामा एक हजार एक सय ३९, शान्तिनगर गाउँपालिकामा पाँच सय ५६, दंगीशरण गाउँपालिकामा तीन सय ७३, बंगलाचुली गाउँपालिकामा दुई सय ५१ र बबई गाउँपालिकामा १७ करदाता ननफाइलर छन् ।

यस्तै मूल्य अभिबृद्धि करतर्फ पाँच हजार एक सय ७४ करदातामध्ये एक हजार चार सय ९७ ननफाइलर रहेको कार्यालयले जनाएको छ । जसमा विवरण नबुझाउनेमा सबै भन्दा धेरै घोराही उपमहानगरपालिकाका छ सय ३५ रहेका छन् । तुलसीपुरका चार सय २७ ननफाइलर करदाता छन् ।

यसैगरि लमही नगरपालिकामा दुई सय एक, गढवा गाउँपालिकामा ६९, राप्ती गाउँपालिकामा ५४, राजपुर गाउँपालिकामा १७, शान्तिनगर गाउँपालिकामा २५, दंगीशरण गाउँपालिकामा छ, बंगलाचुली गाउँपालिकामा २४ र बबई गाउँपालिकामा १६ ननफाइलर करदाता रहेका छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस