बुद्ध हस्पिटलमा दैनिक मनोचिकित्सक सेवा

दाङ । पछिल्लो समय मानिसमा मानसिक समस्या बढ्दै गएको छ । मानसिक समस्याबाट ग्रसित विरामीहरुलाई लक्षित गर्दैै दाङको घोराहीबाट सञ्चालनमा आएको बुद्ध ईन्टरनेशनल हस्पिटलले दैनिक रुपमा मनोचिकित्सक सेवा दिईरहेको छ ।
नशा तथा मानसिक रोग विशेषज्ञ डा. सुबोध कुमार शर्माले दैनिक रुपमा ओपिडी सेवा दिदै आईरहनुभएको हस्पिटलका प्रमुख कार्यकारी अधिकारी बालाराम शर्माले जानकारी दिए । धेरै लामो समयसम्म टाउको दुख्ने, भारी हुने, मुटुको ढुकढुकी बढ्ने, स्वास रोकिएको जस्तो महसुस हुने, धेरै पसिना आउने, तर्सने वा डराउने जस्ता समस्या भएका विरामीहरुले सेवा लिन सक्ने हस्पिटलले जनाएको छ ।
नशा तथा मानसिक रोग विशेषज्ञ डा. शर्माका अनुसार,(‘लामो समयदेखि हातखुट्टा झम्झम् गर्ने वा पोल्ने, काम्ने, छोप्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग वा मृगी, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, उदास भइरहने, जिउमा फूर्ति नहुने, झर्कने, जिउ दुख्ने, निद्रा नलाग्ने, भोक नलाग्ने स्मरण शक्ति कम हुँदै जाने, यौन इच्छा तथा शक्तिमा कमी , नबुझिने कुरा, अमिल्दो व्यवहार गरेमा, विना कारण असामान्य रूपमा खुशी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाई, आत्महत्याको इच्छा उत्पन्न हुने तथा आत्महत्या प्रयास, बारम्बार एउटै सोचाइ आइरहने वा एउटै काम बारम्बार असामान्य रूपमा दोहोऱ्याई रहने जस्ता समस्याबाट ग्रसित विरामीहरुले उपचार सेवा लिन सक्ने छन्, उनले भने। हरेक दिन बिहान ८ः३० बजेदेखि सेवा लिन सकिने हस्पिटलले जनाएको छ