लायन्स क्लब अफ दाङ र लियो क्लब अफ दाङद्वारा वृक्षारोपण

दाङ । लायन्स क्लब अफ दाङ तुलसीपुरको भवन परिसर वृक्षारोपण गरिएको छ । शनिवार एक कार्यक्रमका बिच लायन्स क्लब अफ दाङ र लियो क्लब अफ दाङ तुलसीपुरको संयुक्त आयोजनामा वृक्षरोपण गरिएको हो । लायन्स क्लब अफ दाङका वर्ष २०२३ का अध्यक्ष लायन भागवत घिमिरे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक्ट एडभाइजर लायन टेकन कँडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले स्वच्छ, स्वस्थ, सुन्दर वातावरण निर्माणमा बिरुवा रोप्ने अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
त्यस अवसरमा विभिन्न प्रजातिका १ सय ५० सय बढी बिरुवा रोपिएको थियो । लायन्स क्लब अफ दाङका उपाध्यक्ष लायन गोरख ओलीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लबका निवर्तमान अध्यक्ष, लियो क्लबका पूर्व अध्यक्षहरू अन्य पदाधिकारीहरूको सहभागिता थियो ।
लियो क्लब अफ दाङ तुलसीपुरका अध्यक्ष यमकला भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा क्लबका मार्केटिङ कम्युनिकेसन चियर पर्सन रोम प्रसाद भट्टराईले धन्यवाद ज्ञापन गरेका थिए भने सहजीकरण लायन्स क्लब अफ दाङका सचिव चन्दा श्रेष्ठले गरेकी थिइन ।