नेपालको उपाधि भिडन्त युएईसँग

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल युएईसँग भिड्ने भएको छ।  मुलपानी क्रिकेट मैदानमा शनिबार भएको सेमिफाइनलमा युएईले ओमानलाई डिएलएस मेथडका आधारमा २ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो। युएईले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाउँदै १ सय ९० रन बनाएपछि वर्षाले खेल अवरुद्ध भएको थियो।

त्यसपछि खेल सुरु हुन सकेन र डिएलएस मेथड अनुसार १ सय ९३ रनको लक्ष्य पाएपछि युएई २ रनले विजयी घोषित भयो।  यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको युएई ४ बल बाँकी छँदै २ सय ३६ रनमा अलआउट भएको थियो।नेपाल र युएईबीचको फाइनल खेल  सोमबार कीर्तिपुर मैदानमा हुनेछ।

प्रकाशित मिति : २०८० बैशाख १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस