दाङमा पछिल्लो समय २० जनामा कोरोना संक्रमण पुष्टि

दाङ । दाङमा पछिल्लो समय २० जनामा कोरेना संक्रमण पुष्टि भएको छ । विभिन्न समयमा ५८ जनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २० जनामा कोरोना संक्रमण पष्टि भएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्र दाङले जानकारी दिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एन्टिजेन विधिबाट ३४ जनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको थियो भने २४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको केन्द्रले जानकारी दिएको छ । सबै भन्दा बढि दंगीशरण गाउँपालिकामा कोरोना संक्रमित भेटिएका छन ।

जसअनुसार दंगीशरण गाउँपालिकामा ९ जना,तुलसीपुरमा ४ जना,घोराहीमा ६ जना र जिल्ला बाहिरका एक जना रहेका छन । संक्रमित सबै होम आईसोलेसनमा रहेको केन्द्रले बताएको छ ।

त्यसैगरी हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या १३ हजार ७ सय ९९ पुगेको छ भने निको हुनेको संख्या १३ हजार ५ सय २३ रहेको छ । संक्रमित मध्य २७६ जनाको मृत्यु भएको केन्द्रले जानकारी दिएको छ । देशभर नयाँ कोरोना संक्रमितको संख्या बढ्दै गर्दा जिल्लामा भने कोरोना लक्षण देखिएका मात्र परिक्षण गरिएको छ ।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस