दाङमा बितेको एक वर्षमा सात सय २८ जना बालबाललिकामा कुपोषण

दाङ । दाङमा बितेको एक वर्षमा ७२८ जना बालबाललिकामा कुपोषण भेटिएको छ । ५०४ जना बालबालिकामा कडा खालको कुपोषण पाइएको छ भने २२४ जनामा मध्यम कुपोषण भेटिएको छ ।

अघिल्लो वर्षको तुलनामा कुपोषणको संख्या केही कम देखिए पनि कडा कुपोषणको संख्या भने झण्डै चार गुनाले बढेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । दाङका दश स्थानीय तहमा रहेका १४ वटा कुपोषण बहिरंग उपचार केन्द्रबाट संकलन गरिएको तथ्यांकले पछिल्लो वर्षमा अकल्पनीयरुपमा कडा कुपोषण देखाएको हो ।

आर्थिक वर्ष ०७७।७८ मा जम्मा १११ जना बालबालिकामा कडा खालको कुपोषण भेटिएको थियो भने ७८२ जनामा मध्यम खालको कुपोषण भेटिएको थियो ।

स्वास्थ्य कार्यालय दाङको सुरक्षित मातृत्व शाखाका फोकलपर्सन सीता कँवरले स्तनपानमा आमाले ध्यान नदिदा बालबालिकामा कुपोषण बढेको बताइन् । उनीले स्तनपानका फाइदाबारे आमाले चासो नदिदा बच्चाहरुमा कुपोषणको समस्या आएको बताइन् ।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस