थप ३३५ जना नयाँ कोरोना संक्रमित थपिए

काठमाडौँ : २४ घण्टामा ३३५ जना कोरोना संक्रमित थपिएका छन् । कुल २ हजार ९९६ पीसीआर परीक्षणबाट २१६ जना र एन्टिजेन परीक्षणबाट ११९ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको हो ।
कोरोनाबाट डिस्चार्ज हुनेको संख्या भने ८६ रहेको छ । सक्रिय संक्रमितको संख्या भने देशभर २ हजार ९७१ रहेको छ ।
प्रकाशित मिति : २०७९ साउन ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस