नवौं राष्ट्रिय करातेमा दाङको उत्कृष्ट प्रदर्शन

दाङ । काठमाडौंमा सम्पन्न नवौं राष्ट्रिय कराते प्रतियोगीता २०७८ मा दाङले उत्कृष्ट प्रदर्शन गरेको छ । नेपाल गोजरियो कराते दो संघको आयोजनामा संचालित प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ६ कास्य पदक हात पार्दै दाङले उत्कृष्ट प्रदर्शन गरेको हो ।
तीन दिनसम्म संचालित प्रतियोगीताको जुनियर १२ देखि १३ बर्ष उमेर समूहको कुमुते स्पर्धामा महिला तर्फ एलिना शाही, सिनियर कुमुते ७० केजी तौल समुहमा बिश्वामित्र थारु र ५० केजी तौल समुहमा कुमार चापाईले दाङलाई स्वर्ण पदक दिलाए । त्यस्तै ६० केजी तौल समुहमा एमसन चौधरीले रजत पदक हात पारे ।
त्यसैगरी कुमुते सिनियर महिला ५० केजी तौल समुह तर्फ निशाना रोकामगर, ५० केजी पुरुष तर्फ बिजय खड्का, ६५ केजिमा निशान पुन मगरले कास्य पदक जिते । त्यसैगरी जुनियर पुरुष कुमुते ६० केजी तौलमा बिनोद बोहरा, ५० केजिमा सौगात बिस्ट र ४५ केजि तौल समुहमा तेजवीर पुन दाङ जिल्लालाई कास्य पदक दिलाउन सफल भएको प्रशिक्षक बिरेन्द्र बिकले जानकारी दिए ।
दाङ जिल्लाको शानदार प्रदर्शनले समग्र लुम्बिनी प्रदेशले दोस्रो स्थान हात पार्न सफल भएको समेत प्रशिक्षक बिकले बताए ।