दाङ क्रिकेट लिग : तुलसीपुर रोयल्स फाईनलमा प्रवेश

दाङ । लगातार २ खेलमा हार व्यहोर्दै दवावमा परेको तुलसीपुर रोयल्सले आज उत्कृष्ट खेल प्रदर्शन गर्दै फाईनल प्रवेश गरेका छ ।

दाङ जिल्ला क्रिकेट संघको आयोजनामा घोराही १७ गुलरिया क्रिकेट संगशालामा भईरहेको लिग अन्तर्गत आज भएको खेलमा फाईनल प्रवेश गरिसकेको घोराही टाईगर्सलाई २ विकेटले पराजित गर्दै फाईनल खेल्ने सपना जिवितै राखेको छ । टस जितेर बलिङ गर्ने निधो गर्दै व्याटिङको निम्तो दिएको थियो ।

घोराही टाईगर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३६ रन बनाउन सकेको थियो । १ सय ३७ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको तुलसीपुर रोयल्सले उत्कृष्ट पारी खेल्दै जीत हासिल गरेको हो । जीतसँगै अब भोलि बिहान पुरन्धारा च्यालेन्जर्ससँगको खेलमा भर पर्नुपर्ने हुन्छ । पुरन्धारा च्यालेन्जर्सको पनि २ मा हार एक खेलमा जीत रहेकाले भोलिको खेल जित्नै पर्ने दबाब रहेको छ । यद्यपि, आजको खेलमा हार व्यहोरेको घोराही टाईगर्स भने फाईनलमा प्रवेश गरिसकेको छ ।

यसअघि आज बिहान भएको खेलमा देउखुरी वारियर्स ६ विकेटले विजयी भएको छ । पुरन्धारा च्यालेन्जर्सले दिएको १ सय ४ रनको मध्यम लक्ष्य देउखुरी १८ दशमलव १ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्याे ।

ओपनरद्वय राजु रिजाल र विनोद मल्लले पहिलो पावर प्लेमा खेल आफ्नो पक्षमा पार्दै रन उकासेपनि त्यसपछिका खेलाडीको खेल धर्मराएपछि पुरन्धारा च्यालेन्जर्सका खेलाडी १६ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै १ सय ३ रनमै समेटियो ।

प्रकाशित मिति : २०७८ चैत्र १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस