तुलसीपुरमा अहिलेसम्म खोप नलगाएकालाई जोनसन लगाईदै
दाङ । तुलसीपुर उपमहानगरपालिकामा कोरोना संक्रमण विरुद्धको बुस्टर डोज र जोनसन एण्ड जोनसन खोप लगाउन सुरु गरिएको छ । पहिलो र दोस्रो डोज लगाएका दिर्घरोगी, जेष्ठ नागरिक लगायत लक्षित समुहलाई अतिरिक्त अर्थात बुस्टर डोज खोप दिन सुरु गरिएको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।
तुलसीपुरका सवै स्वास्थ्य संस्थाबाट बुष्टर डोज खोप लगाउन सुरु गरिएको छ । यस्तैगरी दोस्रो मात्राको अष्ट्राजेनेका र भेरोसेल खोप पनि लगाउने क्रम जारी रहेको उनले जानकारी दिए । उनका अनुसार अहिलेसम्म कुनै खोप नलगाएका नागरिकहरुलाई जोनसन एण्ड जोनसन खोप लगाउन सुरु गरिएको छ ।
सरकारले तोकेको मापदण्ड अनुसार १८ बर्ष उमेर समुहभन्दा माथी अहिले सम्म खोप नलगाएहरुलाई जोनसन खोप लगाउन सुरु गरिएको उनले जानकारी दिए ।
उनले भोलीसम्म मात्रै खोप लगाउने समय भएकाले राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर उपमहानगरका १९ वटै वडाका स्वास्थ्य संस्था, तुलसीपुर उपमहानगरपालिका, बसपार्क नगर स्वास्थ्य केन्द्र, दोघरे र गोरखा बोर्डिङ स्कुलमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।