चैते धान रोपाइ शुरु, २५ विघा खेतमा धान रोपिदै

बाँके । बाँकेमा चैते धान रोप्न सुरु गरिएको छ । यस बर्ष बाँकेमा २५ विघा क्षेत्रफलमा चैते धान लगाइँदैछ । फागुनमा राखेको चैते धानको विउँ तयार भएकाले किसानले रोप्न सुरु गरेको कृषि ज्ञानकेन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए ।

उनकाअनुसार गत बर्ष २ विघा क्षेत्रफलमा चैते धान खेती गरिएको थियो । यसबर्ष चैते धान प्रदर्शनी कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र बाँकेले हर्दिनाथ १, हर्दिनाथ ३ र चैते ५ नामको धानको विउँ, मल र विषादी कृषकलाई निशुल्क उपलब्ध गराएको जनाएको छ ।

बाँकेमा चैते धानको लागि पकेट क्षेत्र नतोकिए पनि अहिलेसम्म बाँकेको खजुरा गाउँपालिकाको १, राप्तीसोनारी गाउँपालिका ६, डुडुवा गाउँपालिकाका केही क्षेत्र र बैजनाथ गाउँपालिका ८ मा चैते धान खेती हुँदैआएको छ । कृषि ज्ञान केन्द्रले गतबर्षदेखि किसानलाई चैते धानमा उत्साह बढाउन निशुल्क रुपमा सहयोग गर्दैआएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस