दङ्गिशरणमा रनिङ शिल्ड जारी, सिद्धपृथ्वीको अग्रता कायमै

दाङ । सिद्धपृथ्वी माबी श्रीगाउँले हेकुलीमा जारी दङ्गिशरण गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता २०७८ मा आफ्नो अग्रता कायमै राखेको छ ।

दंगिशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र माबी हेकुलीेको संयोजनमा संचालित प्रतियोगिताको दोस्रो दिनसम्म एथलेटिक्स तर्फका ट्रयाक एण्ड फिल्ड तर्फका ९ ईभेन्ट्समा भएको प्रतिस्पर्धामा ६ स्वर्ण, ५ रजत र ३ कास्य पदक हात पार्दै सिद्ध पृथ्वीले अग्रता कायम राख्न सफल भएको हो ।

त्यस्तै साबिक विजेता बिरेन्द्र माबी हेकुली ६ स्वर्ण, ३ रजत र ४ कास्य पदकका साथ झिनो अन्तरले दोस्रो स्थानमा रहदा ज्ञानोदय माबि ४ स्वर्ण, ३ रजत र ३ कास्य पदक का साथ तृतिय स्थानमा रहेको प्रतियोगिताका सचिवालय सदस्य प्रदिप चन्दले जानकारी दिए । प्रतियोगिता अन्तरगत बिहीबार भलिबल र कबड्डी छात्र रछात्रा फाइनल तथा तृतिय स्थानका लागि खेल हुनेछन् भने एथलेटिक्स तर्फका बाँकी ईभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । खेल बिहान ७ बजेपछि हुनेछ ।

यसैबिच प्रतियोगिताको समापन भोली बिहीवारनै गरिने आयोजक दङ्गिशरण गाउँपालिकाले जानकारी दिएको छ । उसले प्रतियोगिता समापन समारोहमा उपस्थितीका लागि राजनीतिक दल, खेलप्रेमी, खेलाडी, पत्रकारलगायत सबैमा अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस