दाङमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि
घोराही । आज दाङमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४० जनाको पिसिआर परिक्षणबाट १३ जना र ३५ जनाको एन्टिजेन परिक्षणबाट ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ । संक्रमण पुष्टि हुनेमा घोराहीका ९ तुलसीपुर २, राप्तीका ३ लमहि र दंगिशरणका १÷१ र जिल्ला बाहिरका ३ जना रहेका छन् ।
त्यस्तै वितेका २४ घण्टामा दाङका ६० जना निको भएका छन् । पिसीआर र एन्टिजेनबाट निको हुनेमा घोराहीका २६ जना, तुलसीपुरका १० जना, राप्तीका ८ जना, दंगीशरणका ४ जना, गढवाका ५, शान्तीनगरका ३ जना, लमहीका १ जना र अन्य जिल्लाका २ जना रहेका केन्द्रले जनाएको छ ।
आज थपिएका १९ जनासहित जिल्लामा अहिले संक्रिय संक्रमितको संख्या १७४ रहेको छ । त्यसमध्य घरमा १६७ जना, सामान्य उपचारमा ३ जना र आईसियूमा ४ जना रहेका केन्द्रले जनाएको छ ।
प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस