लुम्बिनी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा रिजाल

दाङ । लुम्बिनी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा बिमल रिजाल चयन भएका छ्न । लुम्बिनी प्रदेश तेक्वान्दो संघको बुधबार तुलसीपुरमा सम्पन्न प्रथम महाधिवेशनले सर्वसहमतिमा रिजाललाई अध्यक्षमा चयन गरेको हो । महाधिवेशनले रिजालकै नेतृत्वमा १६ सदस्यीय लुम्बिनी प्रदेश तेक्वान्दो संघको गठन समेत गरेको संघका महासचिव बिनिल केसीले जानकारी दिए ।
महासचिव केसिका अनुसार संघको उपाध्यक्षद्वयमा जित बहादुर केसी, प्रयागदास गोर्खाली, महासचिव बिनिल केसी, कोषाध्यक्ष मोहन सुनार, सचिब राजकुमार पाण्डे रहेका छन् । त्यसैगरी सदस्यहरुमा दिपेन्द्र रिजाल, दुर्गा बहादुर खड्का, देब बहादुर केसी, सचिन पौडेल, वीर बहादुर रावत, डम्बर बहादुर बुढाथोकी, साबित्रा गुरुङ, श्याम घले, रामजी यादव र राजिव सिह क्षेत्री रहेका छ्न ।
लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजालको अध्यक्षतामा भएको महाधिवेशनको उद्घाटन लुम्बिनी प्रदेश ग्रामीण, पर्यटन तथा शहरी बिकास मन्त्री माननीय डिल्ली बहादुर चौधरीले गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै माननीय मन्त्री चौधरीले खेलकुदलाई मानव स्वास्थ्य र रास्ट्रको समृद्धिसंग जोडेर लैजानु पर्ने बताए । रास्ट्रको सान र गौरवलाई उच्च राख्दै स्वस्थ नागरिक उत्पादनमा सिङ्गो खेलकुद क्षेत्रले खेलको भुमिकाको चर्चा गर्दै मन्त्री चौधरिले खेल पर्यटनको बिकासका माध्यमबाट रास्ट्रलाई समृद्धि तर्फ उन्मुख गराउनु पर्ने बताए । आफू पनि खेल जीवनमा हुर्केको पुर्व खेलाडी भएको स्मरण गरेका मन्त्री चौधरीले सिङ्गो खेलकुदको गरिमालाई उच्च राख्ने कार्यमा सदैव आफ्नो सहयोग रहने बताए । साथै उनले दाङको तुलसीपुरमा तुलसीपुर उपहानगरपालिकाले उपलब्ध गराएको चार कठ्ठा जग्गामा निर्माण हुने भनिएको तेक्वान्दो कभर्डहलका लागि आफ्नो मन्त्रालय मार्फत पचास लाख रकम बिनियोजन गरेको समेत बताए ।
नेपाल तेक्वान्दो संघका केन्द्रीय महासचिव दिप राज गुरुङले खेलकुद बिकासको मुल आधार हो भन्ने बुझाईलाई आत्मसात गर्दै संघको अस्तित्वलाई कसरी स्थायित्व प्रदान गर्न सकिन्छ भन्ने विषयमा गम्भीर हुन सबैमा आग्रह गरे । संघका उपाध्यक्ष जित बहादुर केसिको स्वागत रहेको कार्यक्रममा भर्खरै बागमती प्रदेशको काठमाडौमा सम्पन्न मेयरकप रास्ट्रीय तेक्वान्दो प्रतियोगितामा सहभागी भई लुम्बिनी प्रदेशलाई दोस्रो स्थान दिलाउन सफल पदकधारी खेलाडी, टिम कोच बम बहादुर बिक, टिम ब्यबस्थापक राजेन्द्र बिक र सुपर स्टार तेक्वान्दो डोजाङ बाकेलाई सम्मान गरिएको थियो ।
कार्यक्रम लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजालको अध्यक्षता तथा लुम्बिनी प्रदेश ग्रामीण, पर्यटन तथा शहरी बिकास मन्त्री माननीय डिल्ली बहादुर चौधरिको प्रमुख आतिथ्य एवं नेपाल तेक्वान्दो संघका केन्द्रिय अध्यक्ष प्रकाश संम्सेर राणा, उपाध्यक्ष दिलबहादुर ओलि र महासचिव दिप राज गुरुङको बिशिस्ट आतिथ्यमा भएको थियो । कार्यक्रमको संचालन संघका महासचिव बिनिल केसिले गरेका थिए ।