त्रिभुवन आर्मी क्लवको दुबै महिला तथा पुरुष टिम इभेन्टस फाइनलमा

दाङ । स्व. खुमबहादुर खड्काको तेस्रो स्मृति राष्ट्रिय टेबुलटेनिस प्रतियोगिता २०७८ को टिम इभेन्टस प्रतियोगिता अन्तर्गत आज भएको खेलहरुमा त्रिभुवन आर्मि क्लबका दुबै महिला तथा पुरुष टिम फाइनलमा प्रवेश गरेको छ ।

महिला इभेन्टस प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मि क्लबको टिमले नेपाल पुलिस क्लबलाई ३-१ अन्तरले पराजित गरेको हो । आर्मिकि रबिना महर्जन नेपाल पुलिस क्लबकि मन्जु सुवाल ३-०, स्वेच्छा नेम्वाङले सोनु थापा मगरलाई ३-१, सोनु र मन्जुले रबिना र स्वेच्छालाई ३-१ पराजित गरेको हो । त्यसपछि रबिना महर्जनले सोनु थापा मगरलाई ३-० ले हराउन सफल भएर फाइनल प्रबेश गरेको हो ।

दोस्रो सेमिफाइनल खेलमा एपीएफले ललितपुरलाई ३-० सेट अन्तरले पराजित गरेको छ । एपीएफकि अनिता महर्जन सतिस्मा थापालाई ३-०, दिक्षा तामाङले प्रनिका कुंवरलाई ३-०, दिक्षा र अनिताले सतिस्मा र प्रनिकालाई ३-० सेट अन्तरले पराजित गरेर फाइनल प्रबेश गरेको हो । इभेन्टस खेलको फाइनलमा भोलि एपीएफ र आर्मि खेल्ने छ।

त्यस्तै पुरुष इभेन्टस प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले एपीएफलाई ३-० सेटले पराजित गरेको छ । पुलिसका बिनेस खनियाले एपीएफका संयोग कपालिलाई ३-१ले, स्यान्टु श्रेष्ठले अमरलाल मल्ललाई ३-०ले, बिनेस र स्यान्टुले संयोग र अमरलाललाई ३-०सेटले पराजित गर्दै फाइनल प्रबेश गरेको हो ।

दोस्रो सेमिफाइनलको खेलमा त्रिभुवन आर्मी क्लबले रुपन्देहीलाई ३-१ सेटले पराजित गरेको छ । आर्मिका दिप साउनले रुपन्देहीका प्रबेश बस्नेतलाई ३-०ले, कृष्ण थापा मगरलाई नारायण घिमिरेले २-३ले, एलेक्स र दिपले नारायण र प्रबेशलाई ३-१ले र दिपले नारायणलाई ३-१सेटले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । उक्त फाइनल खेल भोलि हुने छ ।

प्रकाशित मिति : २०७८ पुष १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस