आशिष स्मृति फुटबल टुनामेन्ट सम्पन्न
दाङ । गोरखा माध्यमिक विद्यालय तुलसिपुरमा आशिष स्मृति टुनामेन्ट २०७८ सम्पन्न भएको छ । यहि २०७८ कार्तिक ७ गतेका दिन सल्यानदेखि दाङ तुलसीपुर आउँदै गरेको जिप दुर्घटनामा परि गोरखा मावि तुलसीपुर कक्षा १० मा अध्ययनरत छात्र अशिष बस्नेतको देहावसान भएको थियो । सोहि बस्नेतको सम्झनामा मृतक बस्नेतका परिवारको प्रायोजक र गोरखा मावि तुलसीपुरको आयोजकमा ‘आशिष स्मृति टुनामेन्ट’को आयोजना गरिएको हो ।
स्कुल स्थापनादेखि सोहि विद्यालयमा अध्ययन गर्दै आईरहेका थिए । सानैदेखि लगनशील, मेहेनति र अनुशासित आशिष पढाईमा अव्वल हुनुको साथै अन्य अतिरिक्त क्रियाकलापहरु जस्तै निबन्ध, हाजिरी जवाफ, कविता, खेलकुदमा पनि उत्तिकै दखल थिए । हरेक कुराहरु आफैले लिडिङ गर्न सक्ने, कसैसँग नरिसाउने, सबैलाई आदर सम्मान गर्ने, मिठो बोल्ने, सबैको प्यारो र परिवारको आशाको केन्द्र थिए । बस्नेतको स्मृतिमा राखिएको फुटवल टुनामेन्टमा गोरखा माविमा रहेका चार सदनहरु रातो, हरियो, निलो र पहेलोबिच फुटबल टुनामेन्ट भएको थियो ।
जसमा हरियो सदन सान्त्वना, निलो तृतीय, रातो दृतिय र पहेलो प्रथम भएको थियो । टुनामेन्टमा सबै खेलाडी बिद्यार्थीहरुलाई प्रमाणपत्र, मेडल र केही नगद वितरण गरिएको थियो । जसमा प्रथम सदनलाई कप र नगद रु५०००, दृतिय सदनलाई नगद रु ३०००, तृतीय सदनलाई नगद रु२००० र सान्त्वना सदनलाई नगद रु १०००वितरण गरिएको थियो।
दाङ जिल्ला फुटबल एशोसियसनका अध्यक्ष सुशील श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मृतक आशिष बस्नेतका वुवा हिरालाल बस्नेत, गोरखा गु्रपमा शिक्षा संयोजक दुर्गा बहादुर केसी र गोरखा गु्रपका उपाध्यक्ष डोरबहादुर जिसीको बिशिष्ट आतिथ्यता रहेको थियो । गोरखा स्कुलका खेल संयोजक मोहोन सुनरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्कुलका माध्यमिक तहका संयोजक बामदेव सापकोटाले गरेका थिए ।