आज दाङका ८ जनामा कोरोना पुष्टि, ११ जना निको

दाङ । आज दाङमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ३० जनामा गरिएको पिसिआर परिक्षणमा ५ जना पुरुष र तीन जना महिलामा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेमा तुलसीपरका ४, घोराहीका ३ र राप्तीका एक जना रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रले दाङले जनाएको छ ।

यस्तै आज दाङका ११ जना कोरोनामुक्त भएका छन् । कोरानामुक्त हुुनेमा लमहीका ४, घोराही, तुलसीपुर र बबईका २÷२ जना र गढवाका एक जना रहेका छन् ।

अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या २६ मा झरेको छ । उनीहरु मध्य २४ जना घरमा अक्सिजन र आईसियूसहितको उपचारमा १÷१ जना रहेको केन्द्रले जनाएको छ ।

यसैविच बैशाख यता दाङमा कोरोना संक्रमित हुनेको संख्या ९ हजार २३० जना पुगेको छ । ८ हजार ९ सय ८७ जना कोरानामुक्त भएका छन् भने २१७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस