प्रथम हिरा डाँगी स्मृति कप फूटबल प्रतियोगिता हुने
तुलसीपुर । दाङको तुलसीपुरमा सर्वाधिक पुरस्कार राशीको प्रथम हिरा डाँगी स्मृति कप खुला फुटबल प्रतियोगिता २०७८ हुने भएको छ । हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजना संचालन हुने प्रतियोगिता यहि कार्तिक १० गतेदेखि तुलसीपुर ५ अरनिको खेल मैदानमा सुरु हुनेछ ।
स्थानीयस्तरमा फुटबल खेलको पहँुच अभिवृद्धि गर्ने र ब्यवसायिक फूटबल खेलको बिकासमा थप टेवा पु¥याउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो । २०७६ साल चैत ३ गतेका दिन एक हतियारधारी समूहको आक्रमणमा परि ज्यान गुमाएका फुटबलका होनहार खेलाडी डाँगीको सम्झनामा प्रतियोगिताको आयोजना गरिएको हिरा डाँगी फाउन्डेसनका अध्यक्ष प्रकाश डाँगी बमले जानकारी दिए ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण लामो समय ठप्प बनेको स्थानीय स्तरको खेल गतिविधिलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउँदै संचालन गरिन लागिएको प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ । प्रतियोगितामा उपाधी चुम्ने टिमले नगद १ लाख २५ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेताले नगद ६० हजार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका वेस्ट प्लेयर खेलाडी, बेस्ट किप्पर, बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, हाई स्कोरर, बेस्ट कोच, बेस्ट मार्चपासलाई जनही ५ हजार तथा ट्रफीले पुरस्कृत गरिनेछ । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई ट्रफिको ब्यबस्था गरिएको अध्यक्ष डाँगीले जानकारी दिए ।
कार्तिक १६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउट प्रणालिका आधारमा खेलाईने छ । यसैविच प्रतियोगिता मुल आयोजक समितिले आफ्नो तयारीलाई तिव्र पारेको जनाएको छ । उसले प्रतियोगिता भब्य एवं सभ्य तवर सम्पन्न गर्नका लागि मुल समितिका मातहतमा रहेका विभिन्न उपसमितिले प्रचार÷प्रसार, आर्थिक ब्यबस्थापन, खेल मैदान मर्मत लगायतका तयारीलाई तिब्र पारेको समेत जानकारी दिए ।