तुलसीपुर नगर स्तरिय कराते प्रतियोगिता सुरु

दाङ । दाङको तुलसीपुरमा तुलसीपुर नगर स्तरिय कराते प्रतियोगिता २०७८ आइतबारदेखि सुरु भएको छ । सितोरियो कराते अरनिको डोजो तुलसीपुर ५ को आयोजनामा कराते हल तुलसीपुर ९ बेलुवामा संचालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मेयर पाण्डेले खेलकुद क्षेत्रलाई देशको समृद्धिसँग जोडेर लैजानु पर्ने बताए । खेलकुद राष्ट्रको सान र गौरव हो यसलाई खेल पर्यटनको गन्तव्यको रुपमा बिकास गर्न सके देश समृद्धिको दिशा तर्फ उन्मुख हुने उनको भनाई थियो । साथै उनले यसका लागि सबैको चासो र चिन्तन त्यत्तिकै आवश्यक रहेको समेत बताए । सितोरियो कराते अरनिको डोजो तुलसीपुर ५ का प्रमुख प्रशिक्षक पदमबहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का अध्यक्ष घनश्याम ढकाल, दाङ जिल्ला खेलकुद बिकास समितिका निवर्तमान अध्यक्ष डिल्लीबहादुर डाँगीको विशिष्ट आतिथ्यमा भएको थियो ।
सो अबसरमा कराते खेलको बिकास र बिस्तारमा अतुलनिय योगदान पु¥याए वाफत नेपाल सितोरियो करातेका लुम्बिनी प्रदेश प्रमुख बल राज नेपालीलाई सम्मान गरिएको थियो । कार्यक्रममा बिशिष्ट अतिथिद्वय घनश्याम ढकाल, डिल्लीबहादुर डाँगीलगायतले शुभकामना मन्तब्य गरेका थिए ।
कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए । यसैबिच आईतबार सम्पन्न कुमुते महिला तर्फको ४० केजी तौल समुहमा अरनिको डोजो तुलसीपुरकी बिनिता बुढामगरले स्वर्ण पदक जितिन् । त्यस्तै भट्टे डोजोकी सम्झना बिकले रजत पदक हात पार्दा रगैचा डोजोकी बालिका खड्का र हापुरे डोजोकी करिस्मा केसीले कास्य पदक जिते । त्यस्तै ४५ केसी तौल समुहमा अरनिको डोजो कि बिमला डाँगीले स्वर्ण पदक जितिन ।
त्यस्तै अरनिको डोजोकी निशा केसीले रजत पदक हात पार्दा हापुरे डोजोकी झरना बिक र अरनिको डोजोकी सुहाना वलिले कास्य पदक जिते । प्रतियोगिता भोली सोमबारसम्म चल्नेछ । प्रतियोगितामा तुलसीपुर पश्चिम क्षेत्रका स्थापित डोजोका झण्डै तीन सय खेलाडिको सहभागीता रहनेछ ।