दोस्रो ईन्टर दाङ भ्याली खुला टि२० क्रिकेट शनिबारदेखि सुरु हुँदै

दाङ । दाङको तुलसीपुरमा दोस्रो ईन्टर दाङ भ्याली टि२० क्रिकेट च्याम्पियनसिप शनिबारदेखि सुरु हुँदैछ । डिभि सिसि दाङको आयोजनामा तथा पार्टी फ्लो रेस्टुरेन्ट तुलसीपुरको मुख्य प्रायोजनमा महेन्द्र मावि खेलमैदान तुलसीपुरमा संचालन हुने प्रतियोगीताको उद्घाटन विहान दश बजे हुनेछ ।
उद्घाटन खेलमा टि एस सी तुलसीपुर र बि वाई सी अश्वारा भिड्नेछन् । खेल साढे दश बजे सुरु हुनेछ । त्यस्तै दोस्रो खेलमा बि वाई सी शान्तिनगर र टि एस ए तुलसीपुर भिड्नेछन् । खेल दिउँसो एक बजेबाट सुरु हुने आयोजक क्लवका अध्यक्ष आभाष बुढाथोकीले जानकारी दिए ।
पहिलो संस्करण सफलता पुर्बक सम्पन्न गरेको डि भि सि सीले जिल्लामा क्रिकेट खेलको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई क्रिकेट खेलमा स्थापित गर्ने उद्देश्यका साथ क्रिकेट च्याम्पियनसीपको आयोजना गरेको बताएको छ । प्रतियोगीताको बिजेताले नगद ४० हजार ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । एक साता बढी संचालन हुने प्रतियोगीतामा जिल्लामा स्थापित क्रिकेट क्लवका १२ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, वेस्ट फिल्डर, म्यान अफ द म्याच, म्यान अफ द सिरिज र मोस्ट सिक्स प्रहार गर्ने खेलाडीलाई पुरस्कृत गरिने उपाध्यक्ष सागर देवकोटाले जानकारी दिए ।