थप १,२८२ कोरोना संक्रमित, १,२६२ जना कोरोनामुक्त, ७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २८२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । देशभर पीसीआर विधिबाट १२ हजार ८१ र एन्टिजेन विधिबाट ३ हजार ४०७ जनामा परिक्षण गर्दा १ हजार २८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ९२ हजार ३६७ र एन्टिजेनबाट ९० हजार ८५४ जना पुगेको छ ।

यस्तै, आज थप १ हजार २६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६२ हजार ४१६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार १०३ पुगेको छ ।

प्रकाशित मिति : २०७८ असोज ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस