दाङमा आज थप तीन जनामा कोरोना पुष्टि, ८ जना निको

दाङ । दाङमा आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १५ जनाको पिसिआर र विभिन्न स्थानीय तहमा ४ जनामा एन्टिजेन परिक्षण गर्दा तीन जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घन्टमा ५ कोरोना संक्रमण पुष्टि हुनेमा राप्तीका २ जना, घोराहीका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै पछिल्लो २४ घन्टमा ८ जना कोरोनामुक्त भएका छन् । मुक्त हुनेमा घोराहीका ४ जना, राप्तीका २ जना, तुलसीपुर र बबईका एक एक जना रहेको केन्द्रले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घन्टमा थप तीन जनासँगै दाङमा सकृय बिरामीको संख्या ५४ रहेको छ । ति मध्य घरमा ४६ जना, ६ जना आईसियूमा रहेको केन्द्रले जनाएको छ । यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार ८१ जना पुगेको छ । ति मध्य ८ हजार ८ सय १२ जना निको भएका छन भने २ सय १५ जनाको मृत्युु भएको छ ।