थप ९५३ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु
काठमाडौं । देशभर थप ९ सय ५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ५० र एन्टिजेन विधिबाट ३ हजार ५२९ जनामा परिक्षण गर्दा ९५३ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ९० हजार ६६२ र एन्टिजेनबाट ९० हजार ४४३ जना पुगेको छ ।
यस्तै, आज थप १ हजार ३ सय ७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ५९ हजार ८७५ जना पुगेको छ । निको हुने दर ९६।१ प्रतिशत रहेको छ ।
त्यस्तै २४ घण्टामा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ८७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ७०० रहेको छ ।
प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस