दाङमा आज थप ७ जनामा कोरोना पुष्टि, ६ जना कोरोनामुक्त

दाङ । दाङमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २५ जनाको पिसिआर र विभिन्न स्थानिय तहमा ७ जनाको एन्टीजेन परिक्षण गर्दा एक महिला र ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज कोरोना पुष्टि हुनेमा घोराहीका ४, राप्तीका २ र तुलसीपुरका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै दाङमा वितेको २४ घण्टामा ६ जना कोरोना मुक्त भएका छन् । कोरोनामुक्त हुनेमा लमही र तुलसीपुरका २÷२ जना, घोराही र राप्तीका १÷१ जना रहेको केन्द्रले जनाएको छ । आज थप ७ जना निको भएसँगै दाङमा सकृय बिरामीको संख्या ८१ रहेको छ ।
ति मध्य घरमा ७० जना, ७ जना आईसियूमा र ४ जना अक्सिजनसहितको उपचारमा रहेको केन्द्रले जनाएको छ । यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार ३४ जना पुगेको छ । ति मध्य ८ हजार ७ सय ३९ जना निको भएका छन भने २ सय १४ जनाको मृत्युु भएको छ ।