आज दाङमा १० जनामा कोराना पुष्टि, ८ जना निका

दाङ । दाङमा आज थप १० जनामा कोराना संक्रमण पुष्टि भएको छ भने ८ जना कोरोना संक्रमित निका भएका छन् । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ३० जनाको पिसिआर र विभिन्न स्थानीय तहमा ३ जनाको एन्टीजेन परिक्षण गर्दा ४ महिला र ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज कोरोना पुष्टि हुनेमा तुलसीपुरका ५ जना, घोराहीका ३, र राप्तीका २ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै आज कोरोनामुक्त हुनेमा घोराहीका ५ जना, तुलसीपुर र लमही र बबईका १÷१ जना रहेको केन्द्रले जनाएको छ ।
आज थप ८ जना निको भएसँगै दाङमा सकृय बिरामीको संख्या ७१ रहेको छ । ति मध्य घरमा ५६ जना, १० जना आईसियूमा र ५ जना अक्सिजनसहितको उपचारमा रहेको केन्द्रले जनाएको छ । यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार १३ जना पुगेको छ । ति मध्य ८ हजार ७ सय २८ जना निको भएका छन भने २ सय १४ जनाको मृत्युु भएको छ ।