खेल सामाग्री खरिद गरेको रकम भुक्तानी भएन : खड्का

दाङ । दाङको शान्तिगर गाउँपालिका वडा नं. २ वडा कार्यालयले खेल सामाग्री खरिद गरेको रकम भुक्तानी नगरेको बताइएको छ । वडा अध्यक्ष फर्साराम डाँगीले अमुवा डोजो खेलका प्रशिक्षक रेशम खड्कालाई खेल सामाग्री खरिद गर्न लगाई माघ महिनामा वितरण गरिएको तर हालसम्म सोको रकम भुक्तानी नभएको बताइएको छ ।
सल्लाह अनुसार खेल प्रशिक्षक खड्काले डेढ लाख बढिको खेल सामाग्री वितरण गरेको तर रकम नपाएको गुनासो गरेका छन् । खड्काले एक प्रेस विज्ञप्ती जारी रकम भुक्तानी माग गर्दा विवाद गरी सार्वजनिक मुद्धा लगाएको आरोप लगाएका छन् । यता वडा अध्यक्ष डाँगीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भने हुन सकेन् ।
प्रकाशित मिति : २०७८ भाद्र १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस