थप १३८८ कोरोना संक्रमित, २२६० जना कोरोनामुक्त, २४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट १२१४ र एन्टिजेन विधिबाट १७४ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ५९ हजार २२२ र एन्टिजेनबाट ८२ हजार ९७१ जना पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २२६० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख १२ हजार ७१२ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ७१४ पुगेको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस