आज दाङमा थप ४ जनामा कोरोना पुष्टि

दाङ । दाङमा शनिबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १५ जनाको पिसिआर परिक्षण गर्दा महिला पुरुष २÷२ कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार कोरोना पुष्टि हुनेमा घोराहीका २ जना, लमही र तुलसीपुरका १÷१ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

यो थप भएका सँगै दाङमा सकृय बिरामीको संख्या १ सय ५५ जना पुगेको छ । ती मध्ये घरमा १ सय ३९ जना, अक्सिजनसहितको उपचारमा २ जना र १४ जना आईसियूमा रहेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस