दाङमा १७ जनामा कोरोना संक्रमण पुष्टि, १३ जना कोरोनामुक्त
दाङ । दाङमा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ६२ जनामा गरिएको पिसिआर परिक्षणमा ९ जना पुरुष र ८ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमित हुने घोराहीका १० जना, तुलसीपुरका ४ जना र लमहीका ३ जना रहेका छन् ।
यो सँगै सकृय बिरामीको संख्या १ सय ४७ जना पुगेको छ । उनिहरु मध्य १ सय २२ जना घरमा, अक्सिजनसहितको उपचारमा १९ जना र ३ जना आसियूमा रहेका छन् । यसैबिच आज १३ जना कोरोना मुक्त भएका छन् ।
कोरोना मुक्त हुनेहरुमा ८ जना घोराही र ५ जना तुलसीपुरका रहेका छन् । आज १७ जना थप भए सँगै बैशाख यता दाङमा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ९८ जना पुगेको छ । ति मध्य ८ हजार २ सय ४२ जना निको भएका छन ।
प्रकाशित मिति : २०७८ साउन २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस