पछिल्लो २४ घण्टामा २२३७ कोरोना संक्रमित थपिए, २०५० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २२ सय ३७ जनामा संक्रमित थपिएका छन् । यो अवधिमा १३ हजार ८ सय ३४ जनामा गरिएको परीक्षण गरिएको थियो । त्यसैगरी दुई हजार ५० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ६ लाख ४३ हजार ६ सय १५ पुगेको जनसंख्या मन्त्रालय बताएको छ ।

थप १८ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या नौ हजार सात सय १३ जना पुगेको छ ।

अहिले नेपालमा २७ हजार दुई सय २८ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ६ सय ६६ जनाको आईसीयू र एक सय ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ साउन १० गते आइतवार
प्रतिक्रिया दिनुहोस