दाङमा आइतबार ४ जना संक्रमित थपिए, ३० जनाले निको

दाङ । दाङमा आज (आइतबार) ३० जना कोरोना मुक्त भएका छन् । जस अनुसार घोराहीका १७, तुलसीपुर र लमहीका पाँच÷पाँच र राप्तीका ३ जना गरी ३० जना संक्रमित कोरोना मुक्त भएका हुन् । यो सँगै गएको बैशाख यता दाङमा कोरोना मुक्त हुनेको संख्या ८ हजार ४९ जना पुगेको छ । यसैगरी, आज दाङमा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

घोराही, तुलसीपुर, लमही र शान्तिनगरका एक÷एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २० जनाको पिसिआर परिक्षण गर्दा ४ जनामा संक्रमण देखिएको आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ ।

आज (आइतबार) थपिएकासहित अहिले जिल्लामा सकृय बिरामीको संख्या १ सय ७ जना रहेको छ । उनिहरु मध्य ८५ जना घरमा, १६ जना अक्सिजन सहितको उपचारमा र ६ जना आईसियूमा रहेका छन् । बैशाख यता दाङमा ८ हजार ३ सय ६४ जनामा कोरोना देखिएको छ भने २ सय ७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ साउन १० गते आइतवार
प्रतिक्रिया दिनुहोस