२०८० असोज ५ गते शुक्रवार

पछिल्लो २४ घण्टामा १८०१ नयाँ संक्रमित थपिँदा १६६७ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ९ हजार ६ सय २८ जनामा कोरोना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टाभित्रमा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार पाँच सय ५० पुगेको मन्त्रालयले जनाएको छ । एक हजार ६ सय ६७ जना कोरोनामुक्त भएका छन् ।

प्रकाशित मिति : २०७८ साउन ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस