ब्राजिललाई हराउँदै अर्जेन्टिना बन्यो कोपा अमेरिका च्याम्पियन

काठमाडौँ । कोपा अमेरिका २०२१को उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार बिहान माराकाना स्टेडियममा भएको फाइनल खेलमा ब्राजिललाई १-०ले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

अर्जेन्टिनाको जितमा विंगर एन्जल डी मारियाले गरेको गोल नै निर्णायक बन्यो । खेलको २२औँ मिनेटमा रोड्रीगो डे पलले दिएको लामो पासलाई नियन्त्रण गर्दै गोलरक्षकको माथिबाट चिप गर्दै डी मारियाले गोल गरेका थिए ।

योसँगै अर्जेन्टिना कोपामा १५ पटकको च्याम्पियन बनेको छ । जारी प्रतियोगिता एवं अन्तर्राष्ट्रिय फुटबलमा सुपरस्टार लियोनल मेस्सीको कप्तानीमा यो पहिलो देशका लागि अन्तर्राष्ट्रिय उपाधि हो । मेस्सीको फुटबल करियरमा देशका लागि यो पहिलो ठुलो उपाधि पनि हो । अर्जेन्टिनाले सन् १९९३ मा पछिल्लोपटक कोपा जितेको थियो । अर्जेन्टिना २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो ।

निकै प्रतिस्पर्धात्मक खेलको सुरुवाती समय देखि नै ब्राजिलले बल पोसेसनमा पकड जमाएर केहि आक्रमण बुनेपनि गोल गर्न सकेन ।

प्रकाशित मिति : २०७८ असार २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस