नेपालको स्पेन भ्रमण स्थगित

काठमाडौं । जुलाईको तेस्रो साता स्पेनमा हुने तय भएको नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिज स्थगित हुन् पुगेको छ । आईसीसी विश्वकप लिग २ अन्तर्गत रहेको उक्त सिरिज कोरोना भाइरसका कारण स्थगित हुन् पुगेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार अब सिरिज अर्काे वर्ष हुने भएको छ ।
सिरिज स्पेनमा गर्ने तयारी हुँदै गर्दा नामिबिया क्रिकेट टोलीका केही सदस्यहरुमा समेत कोभिड १९ बाट सक्रमित हुन् पुग्दा आईसीसीले ठूलो कदम उठाएको हो । विशेषत यातायात तथा अन्य कुराहरुसहित आयोजना गर्न पनि अतिरिक्त खर्चिलो हुने देखिएपछि आईसीसी सिरिजलाई नै स्थगित गर्ने निर्णयमा पुगेको हो ।
यता लामो अन्तरालपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको नेपाल पनि उत्साहित हुँदै आफ्नो तयारीमा समेत जुटिसकेको अवस्था थियो । त्यसका लागि बन्द प्रशिक्षणमा २० खेलाडीलाई बोलाईएको थियो । नेपालले विश्वकप लिग २ मा एउटा मात्र सिरिज खेलेको छ । अघिल्लो वर्षको फेब्रुअरीमा नेपालले अमेरिका र ओमानलाई घरेलु भूमिमा स्वागत गरेको थियो । जसमा नेपाल ओमानसँगको दुवै खेल गुमाउँदा अमेरिकासँगको दुई खेलनै जितेको थियो ।
त्यसपछि भने कोभिडकै कारण सिरिज हुन सकेका छैनन् । सन् २०२३ को एकदिवसीय विश्वकपको छ्नोटको प्रक्रिया रहेको यस विश्वकप लिग २ मा नेपालसहित युएई, स्कटल्यान्ड, ओमान, अमेरिका, नामिबिया र पपुवा न्युगिनी गरि कुल ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । यहाँबाट उत्कृष्ट ३ टिम सिधै विश्वकप छ्नोट खेल्नेछन । भने बाँकी ४ टिम लाई विश्वकप क्वालिफायर प्ले अफ खेल्ने पर्नेछ ।
प्ले अफ क्वालिफायरमा आईसिसी लिग २ का अन्तिमका ४ टिमहरु, च्यालेन्ज कपबाट छानिएका २ टिम (जहाँ बर्मुडा, क्यानडा, डेनमार्क, हङकङ, इटाली, जर्सी, केन्या, मलेसिया, सिंगापुर, युगान्डा, भानुआटु र कतार खेल्दैछन् । जसलाई २ समूहमा विभाजन गरिएको छ । यसबाट समूह विजेता बन्ने दुई टिमले विश्वकप क्वालिफायर प्ले अफमा पुग्ने छन् ) । यसरी आईसिसी लिग २ का अन्तिमका ४ टिमहरु, च्यालेन्ज कपबाट छानिएका २ टिम गरि कुल ६ टिमले प्ले अफ खेल्ने छन् । यहाँ बाट उत्कृष्ट २ टिमले विश्वकपको अन्तिम छ्नोट प्रतियोगिता खेल्नेछन् ।
अन्तिम छ्नोट प्रतियोगितामा सुपर लिग जहाँ १२ टेष्ट र नेदरल्यान्ड्स गरि १३ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । यसबाट पुछारका पाँच टिम, लिग २ बाट शीर्ष तीन टिम र प्ले अफबाट आएका दुई टोली गरि कुल १० टिमले प्रतिस्पर्धा गर्नेछन् । यहाँबाट उत्कृष्ट दुई टोलीले विश्वकपमा स्थान पक्का गर्नेछ ।
विश्वकप लिग २ मा ओमान १६ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । दोस्रो मा रहेको अमेरिकाको १२ अंक रहेको छ । भने ९ अंकका साथ स्कटल्यान्ड तेस्रो र ८ अंकका साथ नामिबिया चौथों स्थानमा रहेको छ । यस्तै ७ अंकका साथ युएई पाँचौ स्थानमा रहदा ४ अंक रहेको नेपाल छ्ठौं र पुछारमा रहेको पपुवा न्युगिनी अंकविहिन रहेको छ ।