नेपालमा कोरानाबाट १४ जनाको मृत्यु, २६१८ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणले देशभरबाट १४ जनाको मृत्यु भएको छ । यो सँगै देशभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३१ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, ८ हजार ६ सय ६८ जनाको स्वाब परीक्षण गर्दा २६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर २ लाख ९७ हजार ९७ मा कोरोना पुष्टि भएको छ ।
अहिलेसम्म पिसिआर परीक्षण २३ लाख ९५ हजार ७ सय २५ जनामा गरिएको छ । शनिबार मात्र ३ सय ६८ जना संक्रमण मुक्त भएका छन र हालसम्म २ लाख ७७ हजार १ सय २३ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : २०७८ बैशाख ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस