आज नेपालमा २ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा बुधबार दुई हजार तीन सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नौ हजार ६ सय ४७ जनाको परीक्षण गर्दा दुई हाजार तीन सय ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आठ हजार आठ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार दुई सय २० जनामा र आठ सय तीन जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ३१ जना गरी २३ सय ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या दुई लाख ८९ हजार नौ सय १८ पुगेको छ । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि १० हजार नाघेको छ । सक्रिय संक्रमितको संख्या १० हजार पाँच सय ८२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस