एन्फा रेफ्रि तालिमबाट दाङका ७ सहित १८ जना छनोट
घोराही । पछिल्लो समय दाङमा खेल क्षेत्रले फड्को मार्दै गर्दा दाङमा रेफ्रि उत्पादनको लागि राम्रो माहोल बनेको छ । दाङमा अहिले ९ जना एन्फाको ब्याच पाएका रेफ्रि छन । तर दाङको खेल अनुसार त्यति रेफ्रिले पुग्दैन । तर अहिले भएको रेफ्रि उत्पादन तालिमले खेल क्षेत्रमा केहि सहजता आउने देखिएको छ ।
दाङको घोराहीमा एक कार्यक्रम गरी गएको सोमबारबाट साताव्यापी रेफ्रि छनोटको लागि तालिम शुरु गरी समापन गरिएको हो । लुम्बिनी प्रदेशभरबाट कुल ३५ जना सहभागी प्रशिक्षार्थीहरुलाई एन्फा रेफ्री तालिम शुरु गरिएको आयोजक दाङ जिल्ला फुटबल संघले बताएको छ । ६ जना महिला प्रशिक्षार्थी र २९ जना पुरुष प्रशिक्षार्थी सहभागी तालिममा लुम्बिनी प्रदेशभरका १० जिल्लाको प्रतिनिधित्व भएको थियो । दाङबाट १४ जना प्रतिक्षार्थीको सहभागीता थियो ।
जसमा दाङका ७ सहित १८ जना एन्फा रेफ्रिमा छनोट भएका छ । ती सबैलाई एन्फा ब्याज प्रदान गरिएको हो फुटवल खेलमा रेफ्रिको भूमिका निकै महत्वपूर्ण हुने गर्दछ तर ती रेफ्रिहरुलाई फुटवलको पुरै नियमको बारेमा जानकारी हुनु पर्दछ । यहि अनुरुप एन्फा रेफ्री सम्बन्धी तालिममा उनीहरुलाई कोर्षका विभिन्न नियम, शारिरीक अभ्यास लिखित कक्षा तथा परीक्षा दिने गरिएको छ ।
एन्फा रेफ्रिको लागि योग्य हुनलाई लिखित परीक्षामा पास हुनुपर्दछ र पास भएकालाई मात्र एन्फा रेफ्रीको ब्याच दिईने एन्फा रेफ्रि संघको भनाई छ । चैत २३ देखि सञ्चालन भएको सात दिने तालिममा सहभागीहरुलाई नेपाल फुटबल रेफ्रि संघका केन्द्रिय अध्यक्ष तथा फिफा रेफ्रि बुद्धि गुरुङ, पुर्व फिफा सहायक रेफ्रि शैलेश जोशी, फिफा रेफ्रि लव खत्री र प्रोग्राम कोर्डिनेटर तथा फिफा सहायक रेफ्रि रोजेन खत्रीले प्रशिक्षण दिएका थिए । फुटवल तथा रेफ्रिमा भविष्य खोजिरहेका खेलाडीका लागि दाङ जिल्ला फुटवल संघले नियमित प्रशिक्षणको वातावरणसमेत बाइदिएको छ ।
पछिल्लो अबस्थामा समय अनुसार फुटवलको निकै महत्व रहेको र फुटवलको नियम भित्र बस्नु पर्ने भएकाले यो तालिममा आएको रेफ्रि प्रशिक्षार्थीको भनाई छ । साथै फुटवल खेल्दै गर्दा अहिले रेफ्रि बन्ने सपना साकार पार्नको लागि प्रशिक्षण कार्यक्रममा भाग लिन पाउँदा निकै खुसी पनि छन् । यस्ता तालिम नियमित बनाउन पनि उनीहरुको माग छ । नेपालको फुटवल लगायतका खेल क्षेत्रलाईलाई अझ विकसित बनाउन र माथिल्लो स्तरमा प¥ुयाउनका लागि रेफ्रिहरुको उत्पादन गर्न सरकारको ठोस् योजना आवश्यक छ । फुटबल प्रतियोगिता आयोजना गर्दा जिल्लामा अहिले रेफ्रीको अभाव छ । त्यसलाई आपूर्ति गर्न यसले निकै सहयोग पु¥याउने विश्वास लिईएको छ ।